कांग्रेस-एमाले नेतृत्वले विपद्मा पनि सरकारलाई काम गर्न दिएन : सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कांग्रेस-एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

नयाँ सरकार आउँदैछ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको उनको आरोप छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपद्का योबेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै कांग्रेस-एमालेप्रति आक्रोश व्यक्त गरे । उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरू गरेपछि नयाँ सत्ता समीकरण बनाएको पनि बताए ।

‘हामी आउँदैछौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न, राहत र उद्धार गर्नुपर्ने बेलामा, यो विपद्को घडीमा पनि हामी आउँदैछौं, असहयोग गर भनेर सिंहदरबारलाई मसानघाटजस्तै बनाइएको छ । यो चाहीँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ?,’ सांसद ढकालले भने, ‘यही बीचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जयमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठूला दलहरूले गरेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर