कारबाहीपछि मुकुलको प्रतिक्रिया : ‘रवि लामिछाने क्लब’ बाट निकालिएँ

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री, प्रवक्तालगायतको जिम्मेवारीबाट हटाएका मुकुल ढकालले आफू ‘रवि लामिछाने क्लब’ को कारबाहीमा परेको टिप्पणी गरेका छन् ।

मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

सोपछि सामाजिक सञ्जालमार्फत ढकालले आफू रास्वपाबाट नभई रवि लामिछाने क्लबबाट निकालिएको टिप्पणी गरेका हुन् ।

उनले पार्टीभित्र ‘घण्टी बज्न नरोकिने’ र राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प जारी रहने उल्लेख गरेका छन् ।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर