तोलामा ९०० रूपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा सुन मूल्य प्रतितोला नौ सय रूपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार एक सय रूपैयाँनिर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४३ हजार चार सय रूपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ रूपैयाँ निर्धारण भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर