आज राति ११ बजेदेखि भोली बिहान ६ बजेसम्म नेपाल टेलिकमको यी सेवा अवरुद्ध हुने

बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्नुपर्ने भएकाले केही समय सेवा प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै टेलिकमले मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधीखोजी सेवा प्रभावित हुन सक्ने उल्लेख गरेको छ। सो अवधिमा मोबाइल भ्वाइस, डेटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डेटा, आइपीटिभी लगायतका सेवामा भने कुनै असर नपर्ने टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता किशोर कुमार भट्टले बिलिङ प्रणालीमा समस्या देखिएकाले आज रातिदेखि भोलि बिहानसम्म मर्मतको काम गर्न लागिएको जानकारी दिए । बिलिङ प्रणालीमा समस्या देखिएपछि त्यसैलाई मर्मत गर्न लागिएको छ । मर्मतको समयमा ब्यालेन्स रिचार्जदेखि प्याकेज खरिदसम्बन्धी सेवा नचल्न सक्छ। त्यसैले त्यो अवधिभन्दा अघि नै यी काम गर्न उपभोक्तालाई जानकारी गराउन खोजेका हौं, भट्टले भने।

टेलिकमले १० वर्षदेखि चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ सिस्टम चलाइरहेको छ। पुरानो र प्रतिस्पर्धात्मक बिलिङ प्रणाली नभएका कारण राजस्वमा ११ प्रतिशतसम्म चुहावट भइरहेको छ। थोत्रो बिलिङ प्रणालीका कारण टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आएको छ । पछिल्लो पटक थोत्रो बिलिङ प्रणालीकै कारण टेलिकमको सेवा असार १० गते १५ मिनेटसम्म अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर