रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज बस्दैछ । बैठक बिहान–८ बजे बस्नेछ ।

बैठकमा रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ ।

पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ । ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो । उक्त अवधि पनि आज सकिँदै छ । महामन्त्री ढकालले एक महिने समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदनले रास्वपामा तरङ्ग पैदा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर