१४ मेनपावरले बुझाए ‘फ्री भिसा, फ्री टिकट’ मार्फत कामदार पठाएको विवरण

चालु आर्थिक वर्षमा १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएको विवरण सरकारलाई बुझाएका छन् ।

चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाएका हुन् ।

विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । हालसम्म १४ मेनपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको विभागले जनाएको छ ।

मेनपावर व्यवसायीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् ।

विभागले त्यस्ता १४ वटा मेनपावर कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूले पैसा लिएको भए उजुरी गर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले फ्री भिसा, फ्री टिकट तथा शून्य लागतमा कामदार पठाएको विवरण माग गर्दा कामदारको नेपाल हुँदाको मोबाइल नम्बर समेत माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर