राष्ट्रपति पौडेलले गरे लगानी सहजीकरण ऐन संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रिपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी सङ्घीय संसदको दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको जानकारी गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *