संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यौनजन्य हिंसाहरूलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए । उनले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरूरी रहेको बताए ।

उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सबै पक्ष क्रियाशील भई काम गर्न जरूरी रहेको बताए । उनले सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भई काम गरे मात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताए ।

अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गरे ।

सो अवसरमा आयोगले संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरू समेटेको राष्ट्रिय मानवअधिकार आयोग र संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन सार्वजनिकसमेत गरेको थियो ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर