कांग्रेस-एमालेलक्षित माओवादी सांसदको टिप्पणी : दुई दलीय परिपाटीको विकास गर्न खोज्नु पश्चागामी कदम

नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले कांग्रेस–एमालेबीचको समझदारीबारे संसदले जानकारी पाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो माग गरेका हुन् ।

सांसद घर्तीले दुई पार्टीबीचको सहमती दुई दलीय प्रणालीका लागि हो भने त्यो मान्य नहुने चेतावनीसमेत दिए ।

सांसद घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरिस गरेको आरोप पनि लगाए । उनले संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताए ।

सांसद घर्तीले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजान खोजिएको हो भने त्यो पश्चागामी कदम भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर