अभिलेख संरक्षण ऐनबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफल

संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरू गरेको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानुनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकूल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलवार (भोलि) बिहान साढे १० बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर