वीरगञ्जमा एक करोड ८९ लाखको बिनाबिलको सामान बरामद

पर्सा प्रहरीले बिनाबिलको एक करोड ८९ लाख रूपैयाँ पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *