राष्ट्रिय सभावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

‘राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार सो वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *