प्रभु साहको आरोप : सरकार आफैं हुण्डी कारोबारमा संलग्न छ

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । कालो धनलाई सेतो बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको आरोप छ ।

सोमाबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रूपमा झनै बर्बाद बनाउने बताए ।

‘सरकारी उच्च ओहोदाका मान्छेहरू हुण्डी कारोबारमा संलग्न छन् । मन्त्रीहरू, ठूल्ठूला व्यापारिक घरानाहरू हुण्डी कारोबारमा संलग्न छन । बैंकहरू आफैैं अप्रत्यक्ष रूपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ,’ अध्यक्ष साहले भने, ‘राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ । हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफैं हुण्डी कारोबारमा संलग्न छ ।’

अध्यक्ष साहले बैंकहरूसमेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *