प्रेम सुवालको टिप्पणी : अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भयो

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भएको टिप्पणी गरेका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्ता समीकरण व्यापारीको घरमा बसेर भएको भन्दै आपत्ति जनाए । उनले मध्यरातमा एमाले–कांग्रेसबीच सत्ता समीकरणको कुराले कालाबजारीहरूलाई प्रश्रय दिएको आरोप लगाए ।

सांसद सुवालले समान विचार राख्नेहरूले सहकार्य गरेर अघि बढे मात्रै स्वाभाविक हुने बताए ।

उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भयो । नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो, सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै रोष प्रकट गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर