
सरकार घोर अल्पमतमा पर्याे, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ : सांसद गैरे

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताए ।
‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ । बरू उडायो सबै सपनाहरू हुरीले भन्ने गीत गाए हुने नि !,’ सांसद गैरेले भने, ‘आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाल खोज्दै हुनुहुन्छ ।’
उनले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि आरोप लगाए । उनले बहुमत गुमाएपछि सरकारमा एक सेकेन्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह प्रधानमन्त्रीलाई आग्रह गरे ।
उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएका कुनै पनि योजना कामयाब हुन नसकेको बताए ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया