एक वर्षमा ७ सय ९४ निजामती कर्मचारीले दिए राजीनामा

एक वर्षको अवधिमा निजामती सेवामा रहेका ७ सय ९४ कर्मचारीले राजीनामा दिएका छन् । उनीहरुले आफ्नो सेवा अवधि बाँकी छँदै राजीनामा दिएका हुन् ।

राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा उक्त संख्याका कर्मचारीले जागिर छोड्ने निर्णय लिएका हुन् ।

राजीनामा दिनेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत रहेको किताबखानाले जनाएको छ ।

निजामती सेवा ऐन २०४९ अनुसार ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश दिने व्यवस्था छ । हालसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर