भयंकर लोकतन्त्रवादी हौं भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निकालेछन् : रावल

नेकपा (एमाले) का नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए । उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निष्कासित गरिएको बताए ।

उनले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने रास्वापको व्यवहार भने निरंकुशतावादी रहेको बताए ।

उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरे पनि सरकारमा आउँदा त्यस्तो नभएको बताए ।

उनले नागरिकता, राहदानी दुई-दुईवटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए । उनले लामिछानेलाई सो पदमा राख्नेहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

उनले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा ठूला राजनीतिक दलका ठूला नेता आफैं लागेको बताए । उनले सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको बताए ।

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिनायता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलाठूला सैनिक जहाज आएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *