सहकारी ठगीको विषयलाई सामान्य रूपमा नलिनुस् : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीको विषयलाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनहरु फेरिइरहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए ।

उनले सहकारीमा सीमित व्यक्तिहरूले ठूलो रकम हिनामिना गरेको बताए । उनले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने बताए ।

‘नेपाली जनताले खाइनखाइ जोगाएको पैसा केही सीमित टाठाबाठाहरूले हिनामिना गरेका छन्,’ अध्यक्ष केसीले भने, ‘म सहकारीमन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन । मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो । यो चानचुन विषय होइन । यसमा राजनीतिक दलहरूले पनि दबाब दिनुपर्छ ।’

अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अंगीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *