नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४:४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ । एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए ।

‘निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ,’ पोखरेलले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *