बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

काठमाडौंको कीर्तिपुर नगरपालिका-१०, ल्याबोरेटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ । शनिबार अपराह्न ४:४० बजे बागमती नदीमा फसेका उनीहरूको ५:२५ बजे सकुशल उद्धार भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं.२० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ जना र नं. १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेको बताइएको छ ।

निरन्तरको वर्षापछि बागमती नदीमा आएको बाढीले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *