विश्वभर चीनको उपस्थितिसँगै आपराधिक गतिविधि पनि बढ्दै

विश्वभर चीनको आर्थिक र भूराजनीतिक उपस्थितिसँगै चिनियाँ आपराधिक समूहहरूको उपस्थिति पनि बढेको छ । विभिन्न चिनियाँ आपराधिक समूहको सक्रियता एसियामा मात्र नभई विश्वभर फैलिसकेको छ ।

चिनियाँ आपराधिक समूहको समस्या अमेरिकामा पनि उस्तै छ । उत्तर अमेरिकाको फेन्टानाइल संकट चीनसँग जोडिएका आपराधिक नेटवर्कहरूकै कारण देखिएको हो । फेन्टाइनल राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय हो, अमेरिकाले यस्तो संकट धेरैजसो चीनबाट आएको जनाएको छ ।

यद्यपि, चीनबाट संगठित अपराधको दायरा विश्वव्यापी लागुऔषध ओसारपसार र मनी लन्ड्रिङमा मात्र सीमित छैन । चिनियाँ आपराधिक समूहहरू अवैध शिकार र वन्यजन्तु बेचबिखन, साइबर अपराध, व्यापक जालसाजी र घोटालाहरू, मानव बेचबिखन र दासत्वमा संलग्न रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

गैरकानुनी रूपमा अमेरिका र क्यानडामा मानिसहरू ल्याउने लामो अनुभव भएका चिनियाँको आपराधिक सञ्जालले अमेरिका-मेक्सिकोको सीमामा गतिविधि बढाएको छ ।

चिनियाँ माछा मार्ने जहाजहरूले प्रायः गैरकानुनी रूपमा संरक्षित समुद्री क्षेत्रहरू र अन्य देशहरूको विशेष आर्थिक क्षेत्रहरूलाई असर पार्दै आएका छन् । यसबाट लागुपदार्थको तस्करीलाई सहज बनाउन र बाह्य दाबी र सैन्य भिडन्तहरूमा चिनियाँ सरकारको समुद्री मिलिशिया प्रोक्सीको रूपमा काम गर्न सहज भएको छ । उनीहरूले विश्वभर चिनियाँ जासुसीलाई पनि बढावा दिँदै आएका छन् ।

वास्तवमा, यी आपराधिक नेटवर्कहरूले चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) र चिनियाँ कानुनी उद्यमहरूलाई विभिन्न सेवाहरू प्रदान गर्छन् । तिनीहरूले भ्रष्टाचारको सञ्जाल र विदेशी राजनीतिज्ञ र व्यवसायहरूबीचको प्रभाव सिर्जना गर्न मद्दत गर्छन् ।

चिनियाँ सरकारसँगको सम्बन्धका कारण, चीन-सम्बन्धित आपराधिक सञ्जालहरूले सन् २०२४ मा आफ्नो भौगोलिक पहुँच विस्तार गर्न र विभिन्न अवैध अर्थतन्त्रहरूमा भूमिकालाई गहिरो बनाउने सम्भावना छ ।

चिनियाँ साइबर क्राइम नेटवर्कको उच्च सीप र चिनियाँ सरकारसँगको सम्बन्धले चिनियाँ आपराधिक नेटवर्कहरूमा एआईको प्रयोग पनि बढेको छ ।

२०२४ मा, चिनियाँ संगठित अपराधसम्बन्धी मुख्य मुद्दाहरू निम्नानुसार छन्ः

युक्रेनमा रुसको आक्रमणमा चीनको सहयोगले, रुसमा चिनियाँ आपराधिक समूह र चीनमा रुसी आपराधिक समूहको उपस्थितिलाई कति बलियो र विस्तार गर्नेछ ? रुसलाई उपकरण र सामानहरू उपलब्ध गराएर पश्चिमी प्रतिबन्धहरू हटाउन मद्दत गर्ने चीनको प्रयास विशेष चिन्ताको विषय हो ।
अस्ट्रेलिया, न्यूजिल्याण्ड र सम्भवतः पूर्वी एसियाका अन्य ठाउँहरूमा मेथाम्फेटामाइनको तस्करीमा मेक्सिकन कार्टेलहरूको विस्तारले चिनियाँ आपराधिक समूहहरूसँग हिंसक झडप हुन सक्छ ।

चिनियाँ आपराधिक समूहहरूले युरोपमा सिंथेटिक लागूपदार्थको तस्करीलाई तीव्र पार्छन् वा त्यो बजार मेक्सिकन कार्टेलहरूलाई सुम्पन सक्छन् ।
हाम्रो अनुसन्धानले विभिन्न अवैध अर्थतन्त्रहरूमा संलग्न विभिन्न संरचनाहरूको १०० भन्दा बढी चीन–सम्बन्धित आपराधिक नेटवर्कहरू पहिचान गरेको छ । सायद, सबैभन्दा कुख्यात र लामो समयदेखि सञ्चालित चिनियाँ आपराधिक समूहहरू सुन यी ओन, वो शिङ वो र १४के लगायत लागुऔषध ओसारपसार, अवैध जुवा, ठगी, मानव बेचबिखन, घुसखोरी र भ्रष्टाचारमा संलग्न छन् ।

१४के सबैभन्दा सफल आपराधिक समूहमध्ये एक हो । एशिया-प्यासिफिक क्षेत्रमा मेथाम्फेटामाइन तस्करी हावी हुनुका साथै चिनियाँ सरकारलाई विभिन्न सेवाहरू प्रदान गर्ने आपराधिक समूहमध्ये यो एक पर्छ । सिंथेटिक ओपिओइड्सको उदयले लागुऔषध ओसारपसारमा संलग्न चिनियाँ आपराधिक समूह पनि बढेका छन् ।

यसमा फुजियान गिरोह वा फुजियान माफिया र क्यान्टोनिज माफिया समावेश छन्, जुन अपराध सिन्डिकेटहरू हुन्, जुन चीनका विशेष स्थानहरूबाट उत्पन्न भएका वा तिनीहरूसँग सम्बन्धित छन् ।
बोलिभियामा, चितुवाको अंग तस्करीमा संलग्न पुटियन गिरोह, जसलाई ‘फुजियान माफिया’ को दक्षिण अमेरिकी शाखाको नाम दिइएको छ । बोलिभिया र अर्जेन्टिनाका अवैध क्यासिनोहरू, फुजियान माफियासँग जोडिएका छन्, जहाँ चिनियाँ ग्राहकहरूलाई मात्र प्रवेश दिइन्छ । यिनीहरुको मुख्य काम मनी लन्ड्रिङ हो । यस्तै समस्या चिली र स्पेनमा पनि छ ।

चिनियाँ आपराधिक समूह अफ्रिका र एसियामा वन्यजन्तुको तस्करीमा वर्षौंदेखि संलग्न छन् । अफ्रिकाबाट सन् २०१८ अघि हात्तीको दारा चीनतर्फ तस्करी हुन्थ्यो, जसमा यांग फेंगलान नामको चिनियाँ आपराधिक नेटवर्क संलग्न थियो । कोभिडकालमा चीनले हात्तीको दारा बिक्रीमा रोक लगाएपछि केही सुस्त भए पनि पछिल्लो समय फेरि तस्करी बढेको छ । चीनले त्यस्तो प्रतिबन्ध सन् २०२३ देखि हटाइसकेको छ । पछिल्लो समय चीन र एसियाली बजारका लागि गैंडा जस्ता प्रजातिको शिकार पनि बढेको छ । जुन तस्करी चालु आर्थिक वर्षमा पनि निरन्तरत हुनेछ ।

सम्पत्ति शुद्धीकरणमा पनि चिनियाँ आपराधिक समूह अगाडि आएका छन् । चिनियाँ कालोधनको गन्तव्य लामो समयदेखि अस्ट्रेलिया बन्दै आएको छ । तर, अस्ट्रेलियाले यसमा रोक लगाउन सकिरहेको छैन । क्यासिनो, जुवा, सट्टेबाजी सम्पत्ति शुद्धीकरणका लागि प्रयोग भइरहेको छ ।

एशियाका अन्य थुप्रै विशेष आर्थिक क्षेत्रमा जस्तै, लाओस, थाइल्यान्ड र म्यानमारको सीमास्थित गोल्डन ट्राएंगल स्पेशल इकोनोमिक जोन जुवा खेल्ने अड्डा हो, जहाँ अपराध, धोखाधडी, जबर्जस्ती मजदूरी, यौनशोषण, साइबर अपराध, भ्रष्टाचार, वन्यजन्तुको अंग तस्करीले भरिएको छ । यहाँका मुख्य पर्यटक चिनियाँ नै हुन् । यो केन्द्रको रेखदेख चिनियाँ व्यापारी झाओ वेईले गर्दै आएका छन् । उनी म्यानमारको सेनासँग मिलेर मेथमफेटामाइनको तस्करीमा पनि संलग्न छन् ।

चीनले अपराधविरोधी आफ्नो कडा कानुनको दाबी गर्दै आएको छ । हरेक वर्ष विभिन्न प्रकारमा अपराधमा संलग्न ठूलो संख्यामा व्यक्तिहरुलाई पक्राउ पनि गर्दै आएको छ । तर यसका बाबजूत ठूला चिनियाँ आपराधिक नेटवर्कविरुद्ध खासै कारबाही गर्न सकेको छैन । त्यसैले अमेरिकाले चिनियाँ आपराधिक समूहविरुद्ध बलियो उपस्थिति देखाउनुपर्नेछ ।

(अमेरिकी संस्था ब्रुकिङ्सले हालै सार्वजनिक गरेको अध्ययन सामग्रीको अनुवाद)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर