संविधान संशोधन पश्चगमनका लागि होइन अग्रगमनका लागि हुन्छ : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरू खटाएर दुरूपयोग गरिएको बताए । उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको आरोप लगाए ।

उनले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको बताए ।

संविधानको उचित समीक्षा गरी समसामयिक संशोधन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘संविधानको समसामयिक संशोधन भन्दा कतिपय कमरेडहरूलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन है, अग्रगमनका लागि गर्ने हो,’ प्रमुख सचेतक लेखकले भने, ‘हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो । थप व्यवस्थित गर्नका लागि हो ।’

उनले अब राजनीतिक स्थिरतासहित मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर