राजीनामा नदिएपछि मधेसका मुख्यमन्त्री सिंहले बर्खास्त गरे ६ मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् ।

मन्त्रीहरूसँग राजीनामा माग गरिएको तर राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।

मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

हालै नेकपा (एमाले)-नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्ने सम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् । प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर