एमाले अध्यक्ष ओली निवासका सुरक्षा प्रमुख सशस्त्रका इन्स्पेक्टरकाे शंकास्पद मृत्यु

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकाे निजी निवास बालकाेटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमेश थापाको शंकास्पद मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकाेटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका इन्स्पेक्टर थापाको शनिबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार ४२ वर्षीय इन्स्पेक्टर थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका-९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहान ५:३० बजे अचेत भेटिएका थिए ।

उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६:५० बजे चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।

घटनास्थलमा प्रहरी वृत, जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य सकेपछि शव पोष्टमटर्मका लागि टिचिङ अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *