वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा न्यायाधिवक्ता थापा

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा न्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने भएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जनाकारी दिइन् ।

यस्तै जापान सरकारबाट मानव संसाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी येन चार सय ५४ मिलियन (करिब रु. ३८ करोड २२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *