जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, मन्त्रीहरूले दिए राजीनामा

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थिए । नवलकिशोर साह सुडी वनमन्त्री, प्रदीप यादव स्वास्थ्यमन्त्री र  हसिना खान स्वास्थ्य राज्यमन्त्री थिए ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूलाई फिर्ता बोलाएको हो ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर