
किअर स्टार्मर बने बेलायतको ५८ औं प्रधानमन्त्री


पत्नी भिक्टोरिया स्टार्मरका साथ प्रधानमन्त्री केएर स्टार्मर । तस्बिर : एएफपी ।
बेलायतमा शुक्रबार सत्ता परिवर्तन भएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टी १४ वर्षपछि लेबर पार्टीसँग पराजित भएको छ । त्यसको केही घण्टापछि भारतीय मूलका ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । लेबर पार्टीका ६१ वर्षीय किअर स्टार्मर देशको ५८ औं प्रधानमन्त्री बनेका छन् ।
सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् । उनले स्टार्मलाई फोन गरेर जितका लागि बधाई पनि दिएका छन् । लोकसभा निर्वाचनमा लेबर पार्टीले बहुमत हासिल गरेको छ । पार्टीले कुल ६५० सिटमध्ये ४१२ सिट जितेको छ ।
सरकार बनाउन ३२६ सिट आवश्यक पर्दछ । अर्कातर्फ, कन्जरभेटिभहरू १२० सिटमा सीमित भएका छन् । कन्जरभेटिभ पार्टीको विगत २०० वर्षमा यो सबैभन्दा ठूलो हार हो ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया