टेकुबाट भद्रकाली सारिँदै काठमाडौं प्रहरी कार्यालय

जिल्ला प्रहरी परिसर, काठमाडौं स्थानान्तरण हुने भएको छ । हाल टेकुमा रहेको परिसरको कार्यालय अब भद्रकालीमा सारिने भएको हो ।

यसअघि हनुमानढोकामा रहेको परिसरको भवन २०७२ वैशाख १२ को भूकम्पले भत्किएपछि टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरमा स्थानान्तरण गरिएको थियो । परिसरका लागि भद्रकालीमा भवन निर्माण सम्पन्न भएपछि त्यहाँ सार्न लागिएको हो ।

शनिबार कार्यालय भद्रकाली सारेर आइतबारदेखि त्यही भवनबाट सेवा प्रवाह गरिने परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर