सेन्ट्रल कन्ट्र्याक्टमा सन्दीप लामिछानेको ग्रेड ‘ए’
२१ असार २०८१ १८:१२
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्र्याक्ट) मा परेका छन् । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो ।
बलात्कारको मुद्दा लागेसँगै उनी २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । तर, केही समयअघि सफाइ पाएपछि क्यानले सन्दीपलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको हो ।
योसँगै उनले अब मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने छन् । क्यानको वर्गीकरणअनुसार ‘ए’ ग्रेडका खेलाडीले मासिक १ लाख रूपैयाँ पारिश्रमिक प्राप्त गर्ने गर्छन् ।
प्रतिक्रिया