पुरानो सरकार कहिले बिदा हुन्छ यत्तिकै भन्न सकिँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताए ।

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताए । उनले यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने बताए ।

उनले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताए । उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि आफूहरूले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न नसकिने उनको भनाइ थियो ।

‘अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ,’ अध्यक्ष नेपालले भने, ‘कुन ढंगले अघि बढ्ने हो, कस्तो नीति लिनेछ, कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यी सबै कुरा यत्तिकै भन्न सकिँदैन । हाम्रो पनि सहभागिता र भूमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्ने छ ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *