कांग्रेस-एमाले समीकरण ‘दलाल पुँजीवाद’ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) ले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनाएको समीकरणलाई उनले दलाल पुँजीवादको संज्ञा दिए ।

उनले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे ।

उनले अहिले नेकपा (एमाले) भित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र विस्तारलाई रोक्न सक्ने शक्ति कुनै नरहेको दाबी उनको थियो ।

‘स्वयं नेकपा (एमाले) भित्र अहिले कार्यकर्ताहरूमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरू,’ नेता खनालले भने, ‘दलाल पुँजीवादसँग अँगालो मार्ने कुनै पनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा (एमाले) पार्टी ३ लाख ५० हजार सदस्यहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । ’

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनगर्ठनको प्रक्रिया सुरू हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *