पर्यटन विकास आयोजना इकाइ काठमाडौंका तीन कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

पर्यटन विकास आयोजना इकाइ कार्यालय, काठमाडौंका तीन जना कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर राजिव बस्नेत, सबइन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्यालविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले आपसी मिलेमतोमा निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रूपैयाँ घुस लिएको आरोप छ ।

अख्तियारको टोलीले सबइन्जिनियरद्वयलाई सो घुस रकमसहित पक्राउ गरेको थियो ।

अनुसन्धानमा इन्जिनियर बस्नेत, सबइन्जिनियरद्वय भट्टराई र अर्यालले निर्माण सम्पन्नपश्चात् ठेक्काबापतको रकम प्राप्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिन लगाएको/लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तिायरले उनीहरूविरूद्ध १७ हजार रूपैयाँ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय र बिगोबमोजिम जरिवानाको मागदाबी लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *