प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।

सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेससँग नयाँ समीकरण बनाएर सरकार गठन गर्ने सहमति गरी सरकार छाडेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । तापनि, दाहालले राजीनामा नदिएर संसद फेस गर्ने भएका छन् ।

उनले विश्वासकाे मत लिने लिने प्रयोजनका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।

एमालेले गत साेमबार मध्यराति कांग्रेससँग सत्ता सहकार्यको सहमति गरेको थियो । बुधबार एमालेले सरकारमा सहभागी ८ जना मन्त्रीकाे राजीनामा गराएकाे थियाे भने साेही दिन समर्थन पनि फिर्ता लिएकाे थियाे ।

सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर