एकीकृत समाजवादी महाधिवेशन : ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणापछि सबै सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथ ग्रहण गराए ।

२९९ सदस्यीय केन्द्रिय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर