मधेसमा खानेपानीको समस्या समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले तराई मधेसमा देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि दातृ निकायहरूसँग छलफल भइरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट खानेपानी मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । खानेपानीसँग सम्बन्धित अधुरा र अपूरा आयोजनाहरू पूरा गरेर तराई मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि दातृ निकायहरुसँग सहयोगका लागि छलफल भइरहेको उनले बताए ।

मधेस प्रदेशका सबै जिल्लाहरूमा देखिएको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सुनकोशी, कमला तथा पश्चिमका जिल्लाहरूका लागि नारायणी, चितवन र भेरी, बबई, कोहलपुरमा खानेपानी वितरण गर्ने गरी छलफल सुरू गरिएको उनले बताए । मन्त्री पुनले आम नागरिकलाई खानेपानीमा पहुँच पुर्‍याउने दायित्व सरकारको भएकाले सो काममा सरकारले विशेष ध्यान दिएको बताए ।

मन्त्री पुनले सीमित स्रोतका कारण सबै खानेपानीका आयोेजनाहरूको काम अघि बढाउने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर