राष्ट्रियसभाबाट सर्वसम्मत पारित भयो बजेट

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर