ललितपुरमा सुन पगाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

प्रहरीले अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनाका आधारमा ललितपुरमा एक भारतीय नागरिकको फ्ल्याटमा छापा मारेको छ ।

ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा निर्माणाधीन एक घरको तेस्रो तलाको फ्ल्याटमा छापा मारिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको हो । प्रहरीले त्यहाँबाट पाँच जनालाई पक्राउसमेत गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका-८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।

उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

उनीहरूबाट १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिमकार्ड, ५० लाख चार हजार ७३० रूपैयाँ र सुन पगाल्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर