प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने बताएकी छन् । विद्यार्थीहरूलाई तत्काल मेडिकल शिक्षा दिनका लागि पनि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्न उपयुक्त हुने उनको भनाइ छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बताइन् ।

उनले खर्ब रूपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले निर्वाचन क्षेत्र केन्द्रित भएर मेडिकल कलेज खोल्ने काम तत्कालका लागि सम्भव नभएको पनि बताइन् ।

‘३० करोडभन्दा थोरै लगानी हामीले लगाउने हो भने त्यहाँ अलरेडी फङ्क्सनिङ अस्पताल छ । त्यहाँ प्यासेन्ट छ । चिकित्सा शिक्षा ऐन छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘हाम्रा बच्चाहरूले त्यहीँ पढ्न पाउँछन । त्यसैले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर मेडिकल शिक्षा सञ्चालन गर्नेमा हामीले जोड दिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर