वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौं : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले विदेश जाने श्रमिकहरू नठगिने र म्यानपावर व्यवसायीहरूले पनि वैध रूपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिट्टै कार्यविधि बनाइने बताए ।

उनले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब एक अर्ब ६० करोड रूपैयाँ म्यानपावर व्यवसायीहरूले उठाइरहेको तथ्यांक आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए । उनले विदेश जाँदा सीप र तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताए ।

‘दुई खर्ब एक अर्ब ६० करोड रूपैयाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको, म्यानपावर व्यवसायीहरूले उठाइरहेको नेपाली नागरिकहरूसँग जो विदेश जाँदै हुनुहुन्छ भन्ने तथ्यांकमा पनि हामीले काम गरिरहेका छौं । यो भनेको सबैले बुझेकै कुरा हो,’ उनले भने, ‘नेपाल सरकारले फ्रि टिकट, फ्रि भिसा वा १० हजार रूपैयाँ सेवा शुल्क लिएर विदेश पठाउन पाउने जुन निर्णय ग¥यो, त्यो निर्णय गर्दा कति दूरगामी अध्ययन गरेर निर्णय गरियो, त्यसको बहस गर्न म चाहन्नँ ।’

मन्त्री अर्यालले श्रमिकहरूलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारिश्रमीकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर