
बेलायती आमचुनाव : लेबर पार्टीलाई बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै


केअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ । संसदको ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले आमचुनावमा हार स्वीकार गर्नुअघि सञ्चारमाध्यमले ३२६ सिटको थ्रेसहोल्ड पुगेको घोषणा गरेका छन् । बीबीसी, आईटीभी र स्काइन्युज तीन प्रशारकहरूद्वारा निर्मित एक्जिट पोलले केही घण्टाअघि नै लेबरले ४१० सिटमा ठूलो जित हासिल गर्ने अनुमान गरेको थियो ।
सुनकले बेलायतका राजा चार्ल्ससँग भेट गरेपछि स्टार्मरलाई बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न मार्गप्रशस्त गर्न चाँडै नै राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया