एआईजी सिफारिस पोखरेल डीआईजीमै अवकाश

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकाशमा गएका छन् । उनी शुक्रबार राति १२ बजेबाट अवकाशमा जाँदै छन् ।

मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय नगर्दा पोखरेलले दुई दिन एआईजी बन्ने मौका गुमाएका हुन् ।

१० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

१८ असारमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका एआईजी उमेशराज जोशीको स्थानमा पोखरेललाई बढुवा सिफारिस गरिएको थियो ।

सिफारिसअनुसार बढुवा भएको भए उनी १९ र २० गते एआईजी हुने थिए । तर, यसबीच सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेसको सत्ता सहकार्यको सहमति गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको बढुवाको निर्णय गरेन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ ।

सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेरहदका कारण पोखरेल अनिवार्य अवकाशमा गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *