सुनको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा एक सय रूपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक सय रूपैयाँले वृद्धि भएको हो । बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार चार सय रूपैयाँ निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार सात सय रूपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय ७० रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *