टिभिएस कल्टको दोस्रो सफलतापूर्वक राइड सम्पन्न

जगदम्बा मोटर्सलले दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न गरेको छ । कम्पनीले आफ्ना सम्मानित ग्राहकहरूका लागि उक्त यात्रा गराएको जनाएको छ ।

असार १५ गते शनिबार यात्रा सम्पन्न भएको थियो । टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट यात्रा सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ । जहाँ ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता थियो ।

यसमा सहभागी एक मात्र महिला राइडर रोनीशा महर्जन पनि थिइन् । उनि यो केवल सवारी मात्र नभई एक उत्सवमय यात्रा रहेको उल्लेख गरिन् । कार्यक्रम  असार १५ को संयोगमा परेको थियो, जुन रोपाइँ दिवसको रूपमा पनि मनाइन्छ । चुनिखेल, १०, बुढानीलकण्ठ बासिन्दाले राइडरहरूलाई धान रोपाइँ कार्यक्रम को निम्तो दिँदै बुढानीलकण्ठमा उत्सवमय वातावरण थपेकोे थियो।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए । सुरक्षालाई प्राथमिकता दिइ मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरे ।

यात्रा अपाचे र रोनीन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण थियो, जसले सबै सहभागीहरूमा स्थायी छाप छोड्यो। रोनीन कल्ट  समुदाय लगातार बढिरहेको  जानकारी छ । हालसम्म  यस  समुदायले ४,०० भन्दा बढी   सवारहरूको सदस्यता पाएको छ ।

यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ। यात्रामा राइडरहरूले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए । यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर