नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिवमा नेपाल, खनाल र भुसाल सर्वसम्मत

नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।

बिहीवार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा चयन गरेको हो । महाधिवेशन हलले सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरे । उनले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘पदहरुमध्ये तीन जना नेताहरु पार्टीको अध्यक्षमा कमरेड माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा कमरेड झलनाथ खनाल र पार्टीको महासचिवमा कमरेड घनश्याम भुसाल । यतिमा हामीले सर्वसहमतिले चयन गरेका छाँै । तपाईंहरुको पनि यसमा सर्वसहमति हो भने फेरि एक पटक हल गुञ्जायमान गरौँ । अझै हाम्रा काम बाँकी छन् । त्यसमध्ये सिंगो केन्द्रिय कमिटीमा २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी छ । त्यसमा पनि सहमति साथ नै गर्नुपर्छ भन्नुभएको छ । अब स्वभाविक रुपले यसले अलिकति समय लिन्छ, त्यसको लागि म्याण्डेट दिनुहोला ।’

उनले सचिवालय बैठक बसेर बाँकी काम टुंगो लगाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *