सत्ता समीकरणले मधेस प्रदेश सरकार सङ्कटमा, मुख्यमन्त्रीमा जनमत र जसपाको दाबी

केन्द्रमा फेरिएको सत्ता समीकरणले मधेस प्रदेशको सरकारमा उथलपुथल ल्याएको छ । एमाले–कांग्रेसको नयाँ समीकरण बनेपछि २७ दिन अगाडि बनेको मुख्यमन्त्री सतिस सिंहको सरकार नै यथावत रहन्छ वा अर्को सरकार बन्छ भन्ने अन्योल बढेको हो ।

जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोसपा नेपालले मधेसमा आ–आफ्नै नेतृत्वमा सरकार बनाउने ‘लबिङ’ सुरु गरेपछि सदनमा विश्वासको मत लिन तम्तयार भएका सिंह नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

यद्यपि, अबको दुई दिन पछाडि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको परीक्षण हुँदैछ । जेठ २५ मा मुख्यमन्त्री सिंहको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने कार्यसूची छ ।

तर मुख्यमन्त्री सिंहले लिन लागेको विश्वासको मतमा कुन दलले समर्थन जनाउने वा  कसले नजाउने भन्ने अन्योल बढाएको छ । नयाँ समीकरणमा एमाले–कांग्रेससहित तीन वटै मधेसवादी दलले समर्थन जनाउने धारणा सार्वजनिक गरिसकेका छन् । तीन वटै दलले मधेसमा सरकारको नेतृत्व पाउने आशले नयाँ समीकरणलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *