नयाँ सत्ता समीकरण

लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन फिर्ता

एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ। संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको बताए।

एमालेबाट मन्त्रि बनेकाहरु राजीनामा बुझाउन मुख्यमन्त्री निवासमा पुगेका छन्। त्यहाँ उनिहरुलाई मुख्यमन्त्री जोखबहादुर महराले विदाई भोज समेत दिएका छन्। एमालेले समर्थन फिर्ता लिइसकेपछि महरासँग १८ मात्र सांसद छन। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्।

यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ। संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३–३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *