एकीकृत समाजवादी महाधिवेशन

अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत

नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *