कंगोमा आक्रमणपछि चार चिनियाँ नागरिकको मृत्यु भएको आशंका

चीनले बिहीबार डेमोक्य्राटिक रिपब्लिक अफ कङ्गोे (डीआरसी) मा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।

स्थानीय स्रोतले बुधबार सुनको धनी इटुरी प्रान्तको खानी स्थलमा सशस्त्र लडाकूको आक्रमणमा कम्तिमा चार चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ ।

बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ । आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ ।

चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुनअनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा बताए ।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदूरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन् ।

केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकु समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरूद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्दछ ।

कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटुरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन-पियरे बिकिलिसेन्डेले जनाए ।

चार चिनियाँ मारिएको तथा दुई कङ्गोली सेनाका सदस्य घाइते भएको पहिलो सङ्ख्या पुष्टि भएको उनले बताए ।

अन्य स्थानीय स्रोतहरूले छ जना चिनियाँ नागरिक, उनीहरूका अङ्गरक्षक र दुई कङ्गोली सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *