प्रधानमन्त्री प्रचण्डको अस्थिरताले अहिलेको परिस्थिति आयो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) सँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताए । उनले प्रधानमन्त्री दाहालको अस्थिरताका कारण अहिलेको परिस्थिति आएको दाबी गरे ।

उनले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनै पनि दलले विश्वास गर्न नसकेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेको बताए ।

‘व्यक्ति र दलको इच्छाले मात्रै पनि नहुने रहेछ,’ महामन्त्री थापाले भने, ‘खास गरीकन अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो ।’

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *