फास्ट ट्र्याकको लेनडाँडा सुरूङमार्ग ‘ब्रेक थ्रु’

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको लेनडाँडाको सुरूङ छिचोलिएको छ।

प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरूङमार्गको जोडी सुरूङमध्ये एक हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरूङमार्ग बिहीबार छिचोलिएको हो।

प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरूङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए। त्यस अवसरमा प्रधानसेनापतिले तोकिएको समयमा नै सुरूङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे।

उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद दिए।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मिहिनेत र कार्यदक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिए।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीहरूको उपस्थिति थियो।

४ जेठमा लेनडाँडा सुरूङमार्गको जोडी सुरूङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरूङमार्ग र ११ जेठमा धेद्रे सुरूङमार्गको जोडी सुरूङमध्ये १,६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरूङमार्गहरू छिचोलिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *